केबलकार सम्भावनाः अनुमति कुर्दै २३ कम्पनी प्रकाशित मिति : २३ असार २०७५, शनिबार ०८:०८ काठमाडौं / नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी सञ्चालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् । नेपालमा केबलकारको सम्भावना देखिएपछि यी कम्पनीले पर्यटकीय स्थल रुट बनाएर सञ्चालन अनुमति मागेका हुन् । अनुमति माग्ने कम्पनीको संख्या बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ । आजकोराजधानी दैनिकमा यो समाचार छापिएको छ ।