बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन गर्दै उपाध्यक्ष लामा टोल टोलमा प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १९:३३ ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन अभियान लिएर टोल टोलमा पुगेका छन् । गत आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमको समिक्षा एव्म आगामी आर्थिक वर्ष २०८०÷८१ लागि बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन अभियान लिएर उपाध्यक्ष लामा टोल टोलमा पुगेका हुन् । साबिकका प्रत्येक वडाका टोलमा उपाध्यक्ष लामासँगै पञ्जिकरण प्रमुख तथा उपाध्यक्ष सचिवालयको उजुरि प्रशासक मिङमा शेर्पा,वडा अध्यक्ष सहितका जनप्रतिनीधिहरु स्थानीयको सुझाव संकलन गर्दै १९ गतेदेखि हिँडि रहेका छन् । प्रत्येक टोल टोल पुग्दा समय लाग्ने भएपनि बजेट,नीति तथा योजनामा स्थानीयले जानकारी राख्नुपर्ने भएकाले असार १ गतेसम्म पालिका भित्रका सबै वडा अन्तगर्तका टोल टोलमा पुग्ने र सबै स्थानीयबासीको सुझाब संकलन गरेर आगामी आर्थिक वर्षको बजेट तथा योजना तर्जुमा गर्दा समावेश गर्ने उपाध्यक्ष लामाले बताए । उपाध्यक्ष लामाले भने “गाउँपालिकामा हुने बजेट तर्जुमा देखि लिएर हरेक कार्यक्रम प्रत्येक नागरिकले थाहा पाउनुपर्छ । प्रत्येक नागरिकको राय,सल्लाह बमोजिम बजेट बन्नु पर्छ । त्यहि हेतुले स्थानीयसँग सुझाब संकलन कार्यक्रम लिएर टोल टोलमा पुगेका हौँ ।” सुझाबका क्रममा स्थानियले विशेष गरी पुर्वाधार विकास,भवन निर्माणका लागि सुझाव दिएको बताईएको छ । सम्बन्धित तस्विरहरु हर्नुहोस्: