पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार १०:३२ पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई बालकको मृत्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिका–६ का तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको खोलामा डुबेर गएराति मृत्यु भएको हो। स्थानीय मानखोलामा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।रासस