डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ०९:५२ तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल-चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो । भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।