बस नचलाउने समितिका पदाधिकारीलार्इ पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १३:०४ काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात बन्द गर्ने समितिका पदाधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले अाज बस नचलाएपछि गृहमन्त्री बादलले यस्तो निर्देशन दिएका हुन् । सिन्डिकेड कायम राख्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका यातायात व्यववयीले अाज बन्द गरेका हुन् । सिन्डिकेटधारीसँग सरकार नझुक्ने भन्दै यस्तो कार्यमा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।