पूर्वाञ्चलमै पहिलोपटक ज्याम हल सञ्चालनमा

काँकडभिट्टा, २६ बैशाख / पूर्वाञ्चलमै पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ ।
सङ्गीत क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई ध्यानमा राखेर मेचीनगर–६ स्थित काँकडभिट्टामा आजदेखि सो हल सञ्चालनमा ल्याइएको हो ।

हलमा सङ्गीतमा रुची भएका व्यक्ति तथा समूहले सङ्गीतको अभ्यास गर्न पाउनेछन् । यस वापत प्रतिघण्टा ४ सय रुपैयाँ शुल्क तिर्नु पर्ने हलका सञ्चालक अर्जुन दाहालले बताउनुभयो । सञ्चालक दाहालले पूर्वाञ्चलमा साङ्गीतिक क्षेत्रमा काम गर्ने धेरै भए पनि अहिलेसम्म हल नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार काँकडभिट्टामा सञ्चालनमा ल्याइएको यो हल पूर्वाञ्चलमै पहिलो हो । रासस


प्रतिक्रिया दिनुहोस्