एमाले-माओवादी एकतापछिको नयाँ पार्टी, चुनाव चिह्न : सुर्य प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०९:३८ काठमाण्डौं / नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो ।, आजको नागरिकमा यो खबर छापिएको छ । नाम : नेपाल कम्युनिष्ट पार्टी सिद्धान्त : माक्सवादी लेनिनवादी मार्गदर्शक सिद्धान्त : जनताको जनवाद अध्यक्ष : केपी शर्मा ओली र पुष्पकमल दाहाल केन्द्रीय कमिटी : ४४१ सदस्यीय केन्द्रीय समितिमा : एमालेवाट २४१ र माओवादीबाट २०० स्थायी कमिटी : ४३ सदस्यीय स्थायी कमिटीमा प्रतिनिधित्व : एमालेबाट २५ र माओवादीबाट १८ चुनाव चिह्न : सुर्य