असारदेखि कलंकीको अन्डरपासमा गाडी गुड्ने प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ०७:०० काठमाडौं / कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो । काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । ‘कलंकीदेखि महाराजगञ्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ ।’ उनले भने, ‘बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारी साधन गुड्नेछ ।, आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।