कोरियामा तीन नेपालीको मृत्यु प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ०७:३३ काठमाडौं / दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए । यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो । थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले किचेको थियो । मगलबारै सोलुखुम्बु मुक्लीका नरेश राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।