सुन प्रकरण : उम्किएकाहरु नै फेरि तस्करीमा ! प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ०७:१४ काठमाडौं / डेढ बर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यहि धन्दालाई निरन्तरता दिएको खुलेको छ । अलिहेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतिसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरुविरुद्ध मुद्धा चलाईएन । मुद्धाका प्रतिवादी सुचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरुमाथि गत बर्षकै मुद्धामा समेत जिल्ला अदालत काठमाडौं अरोपपत्र पेस गर्ने तयारी भएको छ । २०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहको उल्लेख छ ।, आजको कान्तिपुरदैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।