डोनाल्ड ट्रम्पकी छोरीसँग डेटिङमा छन् ८४ वर्षीय म्युजिक डाइरेक्टर प्रकाशित मिति : २८ माघ २०७४, आईतवार ०९:३७ अमेरिकाका प्रसिद्ध म्युजिक डाइरेक्टर क्वीन्सी जोन्सले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवाकासँग आफू डेटिङमा रमाएको बताएका छन् । उनको यो भनाइ सार्वजनिक भएलगत्तै विवादित बनेको छ । म्युजिक डाइरेक्टर क्वीन्सी ८४ वर्षका भए भने टम्पकी छोरी इवाका भर्खर ३६ वर्षकी भईन् । इवाका ट्रम्प डोनाल्ड ट्रम्पकी पहिली श्रीमती इवानाकी छोरी हुन् । पहिलो श्रीमतीतर्फ ट्रम्पको तीन सन्तान छन् । एक म्यागजिनलाई अन्तर्वार्ता दिने क्रममा क्वीन्सीले टम्प नश्लवादी भएको आरोपसमेत लगाए ।