बिभिन्न विद्यार्थी संगठनको शैक्षिक हड्तालका कारण चितवनमा पठनपाठन प्रभावित प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १०:०० चितवन, २१ जेठ । विद्यार्थी संगठनहरुको शैक्षिक हड्तालका कारण कारण चितवनमा पठनपाठन प्रभावित बनेको छ । विभिन्न विद्यार्थी संगठनहरु विप्लव नेतृत्वको अखिल क्रान्तिकारी, बाबुराम भट्टराई नेतृत्वको नया शक्ति विद्यार्थी यूनियन र बैध नेतृत्वको अखिल क्रान्तिकारील ले बिभिन्न माग राख्दै आज शैक्षिक हड्ताल आब्हान गरेको हो । उनिहरुले पेट्रोलियम पदार्थ मुल्यबृद्धी फिर्ता लिनुपर्ने लगाएतका माग राखेका छन् । हड्तालका कारण बिहानै स्कूल,कलेज पुगेका बिद्यार्थीहरु पठनपठन नभएपछि घर फर्किएका छन् । तीन संगठनका विद्यार्थी संगठनले (आईतबार) नै संयुक्त प्रेस विज्ञप्ती जारी गरि आज सोमबार शैक्षिक हड्तालका लागि आवहान गरेका थिए । यस्ता छन् मागहरु : १,शिक्षा क्षेत्रमा भएका निजिकरण र व्यापारीकरणका विरूद्व. २,सरकारी शिक्षामा भएको भ्रष्टाचार,विकृती र राज्यको गैरजिम्मेवारीपनका विरूद्व गुणस्तरीय शिक्षाको लागि.. ३,त्रि.वि.लगायत देशैभरीका विश्व विद्यालयमा ा भएका भ्रष्टाचार,ढिलासुस्ती र मनपरी तन्त्रका विरूद्व. ४,नि : शुल्क उच्च शिक्षा र विध्यार्थीलाई प्राविधिक शिक्षाको सहज अध्ययनका लागि र अतभखतमा हुने दलाली र भ्रष्टाचारका विरूद्व. ५पटक–पटक गरि विभिन्न वाहानामा गरीएको पेट्रोलियम पदार्थको मुल्यवृद्विका विरूद्व. ६,वैज्ञानिक र रोजगारी मुलक शिक्षाको निमित्त.!!