सार्वजानिक भयो नेपालको इतिहासमानै पहिलो पटक फोनबाट खिचिएको वेब सिरिज “एस एम एस इन टाइम”(भिडियो सहित ) प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार २०:१६ काठमाण्डौं / नेपालको इतिहासमा नै पहिलो पटक मोबाइबाट खिचिएको वेब सिरिज “एस एम एस इन टाइम” अन्तत युटुब मार्फत सार्वजानिक भएको छ । आयुष घिमिरेको लेखन तथा रोमन मार्सको निर्देशनमा निर्माण भएको यस वेब सिरिजले पहिलो पटक मोबाइलबाट खिचिएको वेब सिरिजसंगै नेपालकै पहिलो साइन्स फिक्सनल वेब सिरिजको पनि ट्याग पाउन सफल भएको छ । यस भन्दा अघिपनि बिभिन्न ग्यानबर्धक र सामाजिक जनचेतना जगाउने सिरिज हरु बनाएर चर्चामा रहेका यस समूहले आउदा दिनहरुमा अरु ५ सिरिजपनि मोबाइलमार्फत खिच्ने जानकारीसमेत दिएका छन् । मोबाइलबाट खिचिएको वेब सिरिजसंगै नेपालकै पहिलो साइन्स फिक्सनल वेब सिरिजको पनि ट्याग पाउन सफल भएको छ ।सिरिजमा एक नेपालि वैज्ञानिक युवक र शृंखलाबद्द धुम्रपानको लतमा लागेकी युवतीबीचको कथालाइ समेटिएको छ । उक्त वेब सिरिजमा आभाष उप्रेतीको संगीत र “मेरो को हौ तिमि ” बोलको साउण्ड ट्रयाक रहेको छ जसलाई इन्क्स ब्याण्डले प्रस्तुति दिएका छन् भने पारु पहारी, उज्जल बस्नेत, अभिषेक श्रेष्ठ, जयन्त पोखरेल, यशु बराल लगायत कलाकारको मुख्य अभिनय रहेको छ । भिडियो हेर्नुहोस : http://https://www.youtube.com/watch?v=e1sEHztoXPY&t=108s