सगरमाथा नाप्न २७ करोड प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार ०८:१२ काठमाडौं / विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आजको नोपल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ । मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक बर्ष १५ करोठ रुपैयाँ बजेट बिनियोजन गरेको छ । यसअघि दुई करोड रुपैयाँ छुट्याइएकामा यस बर्ष बजेटको दायरा फराकिलो बनाएको नापी विभागले जनाएको छ । विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जनभन्दा बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए । सिरहाको मिर्चौयादेखि लेभलिङ शुरु गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ । यस आर्थिक बर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिने बताइएको छ ।