विश्वकपमा सर्भादिक धेरै कुन क्लबका खेलाडी प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार १७:२३ मस्को, / विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा ३२ देश सामेल छन् । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ,जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते सम्म चल्ने छ , नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ । फाइल तस्बिर सबै टोलीहरुले आफ्नो अन्तिम टोलीको घोषणासँगै तयारीलाई अन्तिम चरणमा लगेका छन् । केहि टोली त रसिया पुगिसकेको अवस्था पनि छ । सहभागी ३२ टोलीमा कुन क्लबका कति खेलाडी छन् , प्रिमियर लिग टोली म्यानचेस्टर सिटीका सर्वाधिक १६ खेलाडी विश्वकपमा सहभागी हुँदै छन् । इंग्ल्यान्डका फाबियन डेल्फ, रहिम स्टरलिङ, जोन स्टोन्स र काइल वाल्करसँगै स्पेनका डेविड सिल्भा विश्वकपमा खेल्दै छन् । यसबाहेक ब्राजिलका ड्यानिलो, एडरसन, फर्नान्डीन्हो र ग्याब्रिएल जेसस तथा विश्वकपको साविक विजेता जर्मनीका इल्काए गुन्डोगन पनि टोलीमा छन् । अर्जेन्टिनाबाट सर्जियो अगुएरो र निकोलास ओटामेन्डी तथा बेल्जियमबाट केभिन डे ब्रुएन र भिन्सेन्ट कम्पनि खेल्दैछन् । पोर्चुगलका बर्नार्डो सिल्भा र फ्रान्सका बेन्जामिन मन्डी पनि विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । फाइल तस्बिर दोस्रो स्थानमा रियल म्याड्रिडका १५ खेलाडी विश्वकप टोलीमा छन् । ब्राजिलका क्यासेमिरो र मार्सेलो तथा क्रोएसियाका लुका मोड्रीच र माटियो कोभाचिचसँगै फ्रान्सका राफेल भाराने विश्वकप खेल्दैछन् । जर्मनीका टोनी क्रुस, कोस्टारिकाका केलर नाभास, मोरोक्कोका अक्रफ हाकिमी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि महाकुम्भमा सरिक हुनेछन् । स्पेनबाट ड्यानी कर्भाजल, नाचो फर्नान्डेज, लुकास भाज्केज, सर्जियो रामोस, मार्को एसेन्सियो र इस्को विश्वकपमा सामेल हुँदैछन् । फाइल तस्बिर तेस्रो स्थानमा बार्सिलोनाका १४ खेलाडी छन् । लिओनेल मेस्सी ९अर्जेन्टिना०, थोमस भर्मालेन ९बेल्जियम०, इभान रकिटिच ९क्रोएसिया०, एरि मिना ९कोलोम्बिया०, लुइस सुआरेज उरुग्वे र मार्क आन्देर टेर स्टेगन ९जर्मनी० विश्वकपमा खेल्दैछन् । ब्राजिलबाट फिलिपे कोउटिन्हो र पाउलिन्हो खेल्दा स्यामुएल उम्टिटी र ओस्मान डेम्बेलेले विश्वकपमा फ्रान्सको जर्सी लगाउनेछन् । स्पेनिस टोलीमा जेरार्ड पिके, जोर्डी अल्बा, सर्जियो बुस्केट्स र आन्द्रेस इनिएस्टा परेका छन् । फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन र इंग्लिस टोली टोटेनहम हट्स्परका पनि १२ खेलाडी विश्वकपमा खेल्दै छन् । एजेन्सी