पत्रकारद्वारा धर्ना

विराटनगर, / प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रमको समाचार संकलन गर्न पत्रकारलाई रोक लगाएपछि केहीबेर प्रदेशसभा भवन अगाडि पत्रकारले धर्ना दिएका थिए ।

फाइल तस्बिर

उनीहरुले प्रधानमन्त्रीको समाचार आफूहरुले संकलन गर्न पाउनुपर्ने माग गरेका थिए । प्रदेशसभामा समाचार संकलन गर्न पत्रकारहरुका लागि १८ वटा सिट छुट्याएकामा आज सरकारी सञ्चारमाध्यमसहित जम्मा पाँचजनालाई मात्र जान दिने आदेश सचिवालयबाट आएपछि सञ्चारकर्मी आक्रोशित भई विरोधस्वरुप केहीबेर धर्ना दिएका थिए ।

संसदीय समाचार संकलन गर्ने नियमित पत्रकारहरुलाई समेत आज रोक लगाइएको थियो । प्रदेश सचिवालयले पछि १५ जना पत्रकारलाई प्रधानमन्त्री ओलीको समाचार संकलन गर्न जान दिने सहमति कायम गरेको थियो । ९तस्वीर उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्