प्रधानमन्त्री भ्रमणबारे बेइजिङमा छलफल प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १६:२८ काठमाण्डौँ / परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् । मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले बेइजिङस्थित दुतावासले गरेको भ्रमण तयारीबारे छलफल गरेका हुन् ।उनले नेपाली दुतावासमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चाईना एसोसियसन फर फ्रेन्डसिपका प्रमुख चेन जेमिङसँग पनि घेटघाट गरे ।, आजको कान्तिपुरमा यो खबर छापिएको छ ।