प्रधानमन्त्री ओलीद्वारा दु्रतमार्गबारे जानकारी

काठमाडौँ, /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ ।

 फाइल तस्बिर 

प्रधानमन्त्री ओली आज जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडाँै–तराई÷मधेश दु्रतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले जानकारी गराउनुभएको थियो ।
नेपाली सेनाले काठमाण्डौ–तराई÷मधेश दु्रतमार्ग आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त हुनु भएको र उहाँले सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्