साफ महिला च्याम्पियनशिपमा ताप्लेजुङबाट अनुस्का शेर्पा र पबित्रा लिम्बु प्रकाशित मिति : १ असार २०७५, शुक्रबार ११:३३ ताप्लेजुङ, १ अषाढ / दक्षिण एशियाली फुटबल महासंघ साफ को आयोजनामा सन् २०१८ को अगस्ट ९ देखि १८ सम्म भुटानको थिम्पुमा र सन दक्षिण एशियाली फुटबल महासंघ साफ को आयोजनामा सन् २०१८ को २८ सेप्टेम्बर देखि ७ अक्टुबरसम्म क्रमश हुनगईरहको साफ १५ वर्ष मुनि साफ महिला च्याम्पियनशिपमा ताप्लेजुङ, मेरिङ्गदेन – ३ बाट अनुस्का शेर्पा र साफ १८ वर्षमुनीको ताप्लेजुङ,फुङ्लिङबाट पबित्रा लिम्बु छनोट भएकीछिन् । जम्मा तीन चरणको छनोट प्रक्रिया मध्ये पहिलो चरणमा अखिल नेपाल फुटबल संघ अन्र्तगत जिल्ला फुटबल संघहरुमा जिल्लाका प्रशिक्षकहरुको संल्ग्नतामा जेष्ठ १२ देखि १५ सम्म सञ्चालन भएको थियो । निस्चित जिल्लाहरुमा मात्रै छनोट केन्द्र तोकिएको कारण अन्य बाँकिलाई पायक पर्ने जिल्लामा सहभागि गराएका थिए । त्यस्तै जेष्ठ १८ देखि २० सम्म दोस्रो चरणको क्षेत्रिय छनौट सुनसरी, रौटहट, ललितपुर, रुपन्देहि, बाके र कैलालीमा भएको थियो । अन्तिम चरणको केन्द्रिय स्तरको छनौट एन्फाको केन्द्रिय कार्यालय सातदोबाटो, ललितपुरमा जेष्ठ २५ देखि २८ गते सम्म भएको थियो । अखिल नेपाल फट्बल संघको महिला फटबल खेलाडीमा नेपालका ३९ जना महिला खेलाडी छनौट भएकाछन् ।