कसरी पोर्चुगलका युरो–२०१६ का स्टार कसरी १५ अर्बको फ्लपमा परिणत भए ?

पोर्चुगलले भलै दुई वर्षअघि युरोपियन च्याम्पियनसीप जितेको होस्, तर विश्वकपमा त्यतिबेलाको उसको टोली र अहिलेको टोलीमा निकै फरक छ । प्रशिक्षक फर्नान्डो सान्तोषले युरोप विजेता २३ सदस्यीय टोलीबाट १० जना खेलाडीलाई विश्वकपको टोलीमा समावेश गरेका छन् । जसमा केही हाईप्रोफाइल खेलाडीहरु समेत रहेका छन् ।यसका विभिन्न कारणहरु छन् । डिफेन्डर रिकार्डो कार्भाल्हो ४० वर्ष पुगेका छन् र युरो कपपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसकेका छन् । स्टाडे डे फ्रान्समा भएको फाइनलमा निर्णायक गोल गरेका स्ट्राइकर अडेर लिले र लोकामोटिभ मस्कोमा पछिल्ला दुई सिजन फर्मका लागि संघर्षरत थिए । उनले यस क्रममा ११ गोलमात्र गरे ।

अन्य खेलाडीहरुले आशा गरे अनुसार खेलमा सुधार गर्न सकेका छैनन् भने फ्रान्सविरुद्धको जीतपछि ठूलो रकममा विभिन्न क्लबमा आबद्ध भएका खेलाडीहरुको खेल स्तर खस्किएको छ । फ्रान्समा ‘ट्रफी मार्च’ का दौरान निकै उदयमान खेलाडीको रुपमा आशा गरिएका १८ वर्षीय रेनाटो सान्चेजले टिममा स्थान बनाउन सकेनन् । त्यस्तै  आन्द्रे गोमेज र नानी पनि विश्वकपको टोलीमा स्थान बनाउन असफल रहे । ‘२३ जना खेलाडी चुन्न निकै कठिन थियो,’ अन्तिम टोली घोषणा गर्ने क्रममा पत्रकार सम्मेलनमा सान्तोषले भनेका थिए, ‘मैले निर्णय गर्नुपर्छ र मलाई थाहा छ मेरो निर्णयले सबैलाई खुसी बनाउने छैन ।’

‘पोर्चुगलको फुटबलमा सुनौलो इतिहास लेख्ने अडेर, नानी लगायतलाई नछान्नु निकै गाह्रो थियो । तर, मैले प्रतिस्पर्धामा राम्रो खेल्नेलाई छान्नुपर्ने हुन्छ ।’ १०० क्यापसहित सन् २००६ मा डेब्यु गरेका नानी पोर्चुगलबाट धेरै खेल खेल्ने खेलाडीमध्येमा पर्दछन् । युरोपछि निकै चर्चाका साथ उनलाई ८५ लाख युरोमा भ्यालेन्सियाले फेनरबाचेबाट अनुबन्ध गरेको थियो । तर, निकै निराश सिजनपछि उनलाई तत्कालै लाजियोमा लोनमा पठाइएको छ । त्यस यता उनले गतसिजन सबै प्रतियोगितामा इटालियन टोलीका लागि मात्र २५ खेल खेले ।

सोही समय आन्द्रे गोमेसले भ्यालेन्सिया छाडेर ३।५ करोड युरोमा बार्सिलोनासँग अनुबन्ध भए जसमा २ करोड पाउण्डको थप शर्तहरु थिए । तर, क्याम्प नाउ आएपछि उनको सिजन पनि निरश बित्यो । गोमेले आफै बार्सिलोना आएपछि डिप्रेशनको शिकार भएको बताएका थिए ।यसमध्ये रेनाटो सान्चेज सबैभन्दा ठूलो निराशा बने । बेनफिका छाडेर ३।५ करोड युरो र ४ करोड थप सर्तहरुसहित बायर्न म्युनिखसँग अनुबन्ध भए । तर, उनले बायर्नका लागि पहिलो सिजन सबै प्रतियोगितामा मात्र २५ खेल खेले । लगत्तै उनी स्वान्सीसँग अनुबन्ध भए जहाँ उनले झन् १६ खेलमात्र खेले । उनको टोली अहिले प्रिमियर लिगबाट रेलिगेशनमा परेको छ ।

युरोकपपछि क्लब परिवर्तनमा गर्ने अर्का खेलाडी थिए जोआ मारियो । स्पोर्टिङबाट ४ करोड युरो तथा ५० लाख युरोका थप शर्तहरुसहित इन्टर मिलानसँग अनुबन्ध भएका मारियो, नानी र सान्चेजजस्तै पहिलो सिजनमा राम्रो खेल प्रदर्शन गर्न नसकेपछि, अर्को क्लबमा लोनमा पठाइए । गत सिजनको दोस्रो हाफ उनले वेस्ट ह्याममा बिताए ।

जोआ मारियो भने विश्वकपमको टोलीमा छन् र उनी क्लबभन्दा देशका लागि राम्रो खेल्ने खेलाडीको रुपमा चिनिन्छन् । सान्तोषको नजरमा पर्न उनले सिजनको दास्रो हाफमा निकै मिहिनेत गरे । यता, सान्चेज, नानी, अडेर र आन्द्रे गोमेजले २३ सदस्यीय टोलीमा स्थान नै बनाउन सकेनन् । उनीहरुको स्थानमा पोर्चुगलले बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेज, गेल्सन मार्टिन्स, आन्द्रे सिल्भा र गोनकालो गुइडेजलाई नयाँ जेनेरेसनको ट्यालेन्टको रुपमा पाएको छ । २४ वर्षीय विङ्गर सिल्भाले मोनाको र अहिले म्यान्चेस्टर सिटीमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले चोटका कारण युरो २०१६ गुमाए पनि दुई क्लबबाट लगातार दुई उपाधि जितेका छन् । उनी स्पेनविरुद्ध शुक्रबार हुने खेलमा शुरुवाती ११ मा अटाउने प्रबल सम्भावना रहेको छ ।

स्पोर्टिङका अट्याकिङ मिडफिल्डर २३ वर्षीय फर्नान्डेज रसियामा खेल्ने अर्का युवा खेलाडी बन्न सक्छन् त्यस्तै छन् उनका क्लबका समकक्षी २३ वर्षीय गेल्सन मार्टिन्स ।स्ट्राइकर आन्द्रे सिल्भा पनि निकै धैर्यताका साथ आफ्नो मौकाको खोजीमा छन् । पोर्टोका पूर्व स्ट्राइकरको सन् २०१७–१८ मा एसी मिलानमा सिजन राम्रो रहेन । तर, पोर्चुगलका लागि २३ खेलमा १२ गोल गरिसकेका उनी सान्तोषका प्रिय हुन् । कप्तान क्रिस्टियानो रोनाल्डोसँगै गोनकालो गुइडेजले आक्रमणको नेतृत्व गर्ने सम्भावना छ । २१ वर्षीय विङ्गरले गत सिजन पेरिस सेन्ट जर्मेनबाट भ्यालेन्सियामा लोनमा बिताए । यस क्रममा उनले ५ गोल र ११ एसिस्ट गरे । गत हप्ता अल्जेरियाविरुद्ध उनले २ गोल गरे ।

त्यसैले, केही स्टार खेलाडीहरुको खेलमा ह्रास आए पनि पोर्चुगलको २३ सदस्यीय टोली उदयमान खेलाडीहरुले भरिपूर्ण रहेको छ । यद्यपि, कारभाल्होको सन्यास र ३५ वर्षीय पेपे मात्रको भरोसाले पोर्चुगलको डिफेन्स कमजोर देखिन्छ ।‘युरो २०१६ खेल्ने टोलीभन्दा यो टोली सशक्त छ भनेर म भन्दिन,’ सान्तोषले भने, ‘तर, यो टोलीमा मेरो पूर्ण विश्वासाछ ।’

-एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्