‘यूनियन पे ईन्टरनेशनल’ प्रणालीको नबिल बैंकद्वारा शुभारम्भ

माघ २८, २०७४ काठमाडौं–नबिल बैंकले नेपालमा नै प्रथम पटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियन पे इन्टरनेसनल क्यूआर कोड एक्वारिङ सर्भिस’ को शुभारम्भ गरेको छ ।
उक्त प्रणाली मार्फत क्यूआर कोडको प्रयोग गरी नबिल बैंक संग आबद्ध व्यापारीहरूले यूनियनपेका अन्र्तर्रािष्ट्रय कार्डहरू स्विकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

क्यूआर कोड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ ।
क्यूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्जवायर ग्रिड हरु हुन्छन् जसलाई छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्