‘भाईरल ब्वाई’को ब्यथाः अनावश्यक प्रचारबाजीको दुष्प्रभाव बाल मनोविज्ञानमा प्रकाशित मिति : १८ असार २०७५, सोमबार ११:१७ काठमाडौँ / रुपक सापकोटाले झापाबाट फेसबुक लाईभ गरे, २५ माघ ०७३ मा । जसमा एक बालकले उत्साही हुँदै गीत गाएका छन् । सुरताल नमिले पनि स्वर मीठै छ । हुलिया अति विपन्न परिवारको जस्तो छ । भिडियोमा उनले भनेका छन् – म बाटोमा गीत गाएर दिनको हजारजति कमाउँछु । चामल किन्छु । खेती गर्छु । ड्याडी थला पर्नुभएको छ । त्यसपछि बालकबारे धेरथोर खोजी हुन थाल्यो । ९ महिनापछि नवराज उप्रेतीले उनीसँगको अनौपचारिक अन्तर्वार्ता आफ्नो युटुवम च्यानलमा अपलोड गरे । त्यसपछि उनका अरु दुइचार भिडियो सार्वजनिक भए ।अनि, कालजमाना अनुसार ती बालक अर्थात अशोक दर्जीभाईरल भईहाले । अहिले नेपाली युनिकोडमा अशोक दर्जी टाईप गरेर युटुवमा सर्च गर्दा २२ हजार र अंग्रेजीमा ११ हजार रिजल्ट आउँछ । सरसर्ती हेर्दा लाग्छ, यो सबै उनी र उनको प्रतिभाप्रतिको प्रेम हो ।युटुवमा उनका लागि बरदान सावित भयो । तर, सँगै चिन्ता व्यक्त हुन थालेका छन् ! गरिब परिववारमा जन्मिएको र पढाईबाट वञ्चित बालकले यति छिट्टै एक्सपोजर पाउँदा मनोवैज्ञानिक असर पर्दैन ?, आज प्रकाशित नेपाल साप्ताहिकमा गोकर्ण गौतमले यो समाचार लेखेका हुन् ।