फेसबुकबाट यसरी पैसा कमाउनुहोस्

विश्वमा सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जालमा पर्छ फेसबुक । फेसबुकबाट आफ्नो कुरा सेयर गर्ने, म्यासेज गर्ने, फोटो सेयर, प्रचार प्रसारकाका साथै विविध गतिविधि गर्न सकिन्छ । यस्तै फेसबुकबाट पनि पैसा कमाई पनि गर्न सकिन्छ ।

 

पैसा कमाउनको लागि फेसबुक चलाउँदा मात्र आउने भने होइन् । यसका लागि विभिन्न अप्सनहरु रहेको छ । प्रयोगकर्ता चाहे फेसबुकमै रहेर घर बसी–बसी पैसा कमाउन सक्छन्। यसको लागि सबैभन्दा पहिले फेसबुकमा पेज बनाउन जरुरी छ । पेज दैनिक अपडेट गर्नु अर्को महत्वपूर्ण पाटो हो । यसले ‘पेज रिच’ बढाउँछ । रिच बढ्दा फेसबुक आफैले पेज स्कान गरिदिन्छ । पेजमा लाइक हुनु मात्र महत्वपूर्ण हुदैन, पेजमा कति इन्गेजमेन्ट छ सो अनुसार पेजको रिच तय हुन्छ । इन्गेजमेन्ट भन्नाले पेजमा पोस्ट गरिएका जानकारी कतिले लाइक, कमेन्ट अनि सेयर गरे, सो अनुसार पेजको रिच बढ्ने गर्छ । पेज रिच राम्रो भएपछि विज्ञापनको लागि फेसबुकसंग कन्ट्याक्ट गरि धन आर्जन गर्न सकिन्छ । कुनै स्थानिय प्रडक्टस्को विज्ञापन पनि आफ्नो पेजबाट गरिदिन सकिन्छ । तर यसको प्रभावकारीता भने प्रयोगकर्ताकै मेहेनतमा भर पर्छ ।

यसको लागि फेसबुकको एड्भान्स युजर बन्नु पर्छ। फेसबुकको एक फर्म भर्न सकिन्छ। जसमा बैंकको जानकारी, जस्तो अकाउन्ट नम्बर लगायत अन्य जानकारी भर्नु पर्छ । फर्म भनेको ४८ घण्टामा एकाउन्ट एक्टिभ हन्छ । यस पश्चात फेसबुकले प्रयोगकर्ताको हरेक एक्टिभिटी निगरानी गर्दछ । आफुले कमाएको पैसा सोही बैंक अकाउन्टमा जम्मा हुन्छ ।

के–के गर्न सकिन्छ ?
भिडियो सेयरिङ
टाइमलाइनमा कुनै भिडियो सेयर गरेर पनि पैसा कमाउन सकिन्छ । अपलोड भएको भिडियोमा फेसबुकले विज्ञापन देखाउने गर्छ । भिडियोको ‘भिउ’ अनुसार फेसबुकले भिडियो अपलोडरलाई कमाइको केही हिस्सा दिने गर्छ । तर यसको लागि भिडियो भने ओरिजिनल, अर्थात कपी नगरिएको आफ्नै प्रोडक्ट हुन जरुरी हुन्छ ।

साना व्यावसायीको लागि अप्सनफेसबुकले साना व्यावसायीको लागि बनाइएको पेज पुरै बदलेर त्यसमा एक नयाँ ‘कल–टु एक्सन’ बटन राखिदिएको छ । यसको मद्धतले कारोबारीले आफ्नो सम्भावित ग्राहकसंग  जोडिन र आफ्नो प्रोडक्ट प्रति  प्रोत्साहित गर्न सक्नेछन्।ग्राहक पेजमा रहेका पोस्ट देखेर कम्पनीलाई सम्पर्क गर्नेछन् । फेसबुकले हालै बताएको छ कि कारोबारी आफ्नो फेसबुक पेजलाई विकल्पको रुपमा हेरेर त्यसै अनुसार आफ्नो वेबसाइट डिजाइन गर्नु।

पैसा आउनको लागि के–के गर्ने ?

यदी तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहकभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकले नै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ । फेसबुकको अडियनस नेटवर्कमा सहभागि हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल। मोबाईल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकी सबैले उक्त एस्स डाउनलोड गरि हरेक दिन चलाउन्। यस्तै गरि इन्स्टेन्ट आर्टिकल मार्फत पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो।

जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन्। तपाईँसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ। यो सजिलो पनि छ। यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ।

ब्लग बनाउने तरिका
यदि आफ्नै वेबसाइट छ भने व्लग बनाउनु पर्दैन। ब्लगर डटकम (www.blogger.com) मा गएर आफ्नो ब्लग अकाउन्ट बनाउनुहोस् यो निशुल्क छ। यो गुगलकै उत्पादन भएको हुँदा जिमेल आइडिको प्रयोग गरि लगइन गर्न पनि सकिन्छ। ब्लग बनाउँदा व्लगको टाइटल , व्लगको एड्रेस र टेम्प्लेट छान्नुपर्छ।

व्लगलाई इन्स्टेन्ट आर्टिकल कसरी बनाउने
https://instantarticles.fb.com मा गइ साइनअप गर्नुपर्छ। त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ। अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँबाट आफूले बनाएको व्लगलाई कनेक्ट गर्नुपर्छ। त्यहाँ कनेक्ट योर साइट भन्ने मा क्लिक गरेपछि कालो बाकस भित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुहोस् र व्लगर डटमकामा गई थेम मा क्लिक गर्नुहोस्। अनि इडिट एचटिएमएलमा किलिक गर्नुहोस्। त्यहाँ धेरै कोडहरु देखिन्छ अब फाइन्ड अप्सनको प्रयोग गरि रुरजभबमश्रलाई भेटाउनुहोस र त्यो भन्दा मथिल्लो लाइनमा अघि कपि गरेको कोड पेस्ट गरि सेभ थेममा क्लिक गर्नुहोस्।

अब फेरि फेसबुकमा आएर युआरएलमा आफ्नो व्लगको एड्रेस लेखी क्लाइम युआरएलमा क्लिक गर्नुहोस्। त्यो भन्दा थोरै मुनितिर स्टाइल भन्ने अप्सन हुन्छ त्यहाँ गए आफ्नो ब्लगको लोगो अपलोड गर्नुपर्छ। त्यसपछि आफ्नो व्लग वा वेबसाइटको फिड युआरएल राखि १० वटा भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ। फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल एप्रुभ भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा खाख्नुपर्छ। नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ। पेआउट अकाउन्ट बनाउँदा तपाँइको पान नम्बर वा ट्याक्स नम्बर भर्नुपर्ने हुन्छ यदी छैन भने नागरिकता नम्बर वा पासर्पोट नम्बर पनि राख्न सकिने फेसबुकमै कार्यतर एक कर्मचारीले आफ्नो व्लगमा लेखेका छन्।

आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनु पर्छ उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ। १०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईँको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ। ४० हजार लाइक भएको फेसबुक पेजबाट एक अनलाईन सञ्चार माध्यम सञ्चालकले मासिक १०० देखि १५० डर सम्म आम्दानि हुने गरेको प्रमाणसहित दाबि गरेका छन्। इन्स्टेन्ट आर्टिकल सेटअप गर्ने तरिका आधार एउटै भए पनि वेबसाइट बनाउन प्रयोग भएको कन्टेन्ट मेनेजमेन्ट सिस्टम अनुसार फरक हुने हुँदा अफूले प्रयोग गरेको सि।एम।एस। मा कसरि सेटअप गर्ने भनेर गुगल वा युट्यूवमा हेर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्