गाेसाइकुण्ड गाँउपालिकामा आठ दिने समुदायिक मेलमिलाप तालिम सम्पन्न

रसुवा जिल्लामा अवस्थित गोसाइकुण्ड गाउपालिकाको उपाध्यक्ष एवम न्यायीक समितिका संयोजक प्रतिमा लामाको संयोजकत्वमा सम्मुनत समाजको लागि उत्कृष्ट मेलमिलाप कार्यक्रम अन्तर्गत मेलमिलाप सम्बन्धि आठ दिने आधारभुत तालिम मिति २०८० माघ ६ गते शनिबारका दिन सम्पन्न भएको छ।

उक्त कार्यक्रम स्याफ्रुबेशी स्थित गोसाइकुण्ड गाँउपालिका कार्यालयको सभाहलमा पुस २८ गते न्यायीक समितिका संयोजक एवम गोसाइकुण्ड गाउपालिका उपाध्यक्ष प्रतिमा लामा ज्युको अध्यक्षतामा प्ररम्भ भएको थियो ।

आठ दिने समुदायीक मेलमिलाप आधारभुत तालिम कार्यक्रममा गोसाइकुण्ड गाउपालिका न्ययीक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रूपान्तर केन्द्र नेपालको सहजीकरणमा भएको हुन ।

सामुदायिक मेलमिलाप अभियानलाई संघिय नेपाल सरकारको मेलमिलाप ऐन २०६८ र नियमावली २०७० बमोजिम देशका सबै जिल्ला र स्थानिय तहहरूमा कार्यक्रम विस्तार गर्ने उद्देश्य अनुसार स्थानिय सरकार गोसाइकुण्ड गाउपालिकामा आधारभुत मेलमिलाप तालिम कार्यक्रम आयोजना भएको थियो । समुदायमा भए गरेका विभिन्न द्वन्दहरूमा सबै पक्षलाई न्यायोचित तवरमा कानुनी ढंगबाट मेलामिलाप कसरी गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर कार्यक्रम आयोजना भएको थियो ।

समुदायमा भएको विबादहरूको मेलमिलाप गर्नु एउटा व्यवहारिक र मनोबैज्ञानिक तवरबाट समधान निकाल्नु नै मेलमिलाप कर्ताहरूको विशेष महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

कार्यक्रममा सहभागी मेलमिलाप कर्ताहरूलाई प्रमुख अतिथि विजय लामा, गोसाइकुण्ड गाउपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङद्वारा बधाई तथा शुभकामना दिदै प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख विजय लामा, गोसाइकुण्ड गाउपालिका अध्यक्ष कैसाङ नुर्पु तमाङ, वडा नम्बर ५ का वडा अध्यक्ष दावा मिङ्मार लगायतका जनप्रतिनिधिहरू र स्थानियहरूको उपस्थितीमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्