प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिद्धारा बन्दको आह्वान

ताप्लेजुङ । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्दको आह्वान गरेको छ । संयुक्त संंघर्ष समितिले गत मंसिर ३० र पौष १ गते आव्हान गरेको कोशी प्रदेश यातायात बन्दको अवधिमा पक्राउ परेका पहिचानवादी नेता बुलेट किराँती (अन्जेस) राईको रिहाईको माग गर्दै पौष १८ गते बुधवार र १९ गते डिहीवार राजमार्ग बन्दको आह्वान गरेको हो ।

संघर्ष समितिले आज एक विज्ञप्ति सार्वजनिक गर्दे नेता किराँती निर्दोस रहेको र उनलाई तत्काल रिहाइ गरियोस् भनेर पटक पटक जिल्ला प्रशासनसमक्ष डेलिगेसन गएको तर प्रशासनले रिहाई गर्नुको सट्टा उल्टो झुटो मुद्‍दा हालेर सडाउने षड्यन्त्र भएकोले बन्दको आह्वान गर्न बाध्य भएको जनाएको छ ।

गत मंसिर ३० र पौष १ गते आव्हान गरेको वन्दको क्रममा आन्दोलनलाई बदनाम गर्ने बदनियतले इलाम जिल्लामा पराल बोकेको गाडीमा अज्ञात समूहले गरेको आगजनीमा झापा जिल्ला सङ्घर्ष समितिका पहिचानवादी नेता बुलेट किराँतीलाई इलामको पशुपतिनगर थानामा राखी झुटो मुद्दा चलाएको सङ्घर्ष समितिको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्