प्रियंका चोपडाले सार्वजनिक कार्यक्रम मै किन भनिन् यस्तो पुरुषलाई पिटे हुन्छ ?

एजेन्सी । भारतीय चर्चित नायिका प्रियंका चोपडाले महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक नपर्ने प्रतिक्रिया दिएकी छिन् । चलचित्रमा अभिनयका अलावा पछिल्लो समय विभिन्न सचेतनामुलक कार्यक्रममा पनि सहभागी हुँदै आएकी प्रियंकाले दुबइमा आयोजना भएको एक कार्यक्रममा ‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक नपर्ने प्रतिक्रिया दिएकी हुन् ।

उनलाई सोधिएको प्रश्न ‘यदि कुनै महिलाले जिस्काएको भन्दै पुरुषलाई पिटिन् भने त्यसलाई सामान्य मानिन्छ, तर कुनै पुरुषले जिस्काएको भन्दै महिलालाई पिट्यो भने त्यसलाई किन अपराध मानिन्छ रु ’को उत्तर दिँदै उनले भनिन् ‘शारीरिक रुपमा महिला र पुरुष फरक छन् । यदि, कुनै महिला सीइओमा नियुक्त भइन् भने उनीमाथि कुनै प्रश्न उठाउनु आवश्यक छैन । यदि, उनी ५० बर्षकी छिन् भने उनी सीइओ र आमा पनि हुन् ।यसैले, उनीमाथि कुनै प्रश्न नसोध्नुहोला ।’ यदि कुनै महिलाले पुरुषलाई जिस्काएको भन्दै पिटिन् भने उनी यसको हकदार हुन् ।’

 

महिलामाथि प्रश्न उठाउने, काममा अवरोध गर्ने प्रथा बलिउडमा मात्र नभएर विश्वभर रहेको प्रियंकाको भनाई थियो । यसअघि पनि प्रियंकाले पनि यि र यस्ता विषयमा पनि महिलाका पक्षमा कदम चाल्दै आएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्