सावित्राको माल्दिभ्समा ह्याट्रिक:

काठमाडौं चैत्र १३/ नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले माल्दिभ्समा जारी १८र३० महिला फुटसल फिस्टामा उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । सावित्राको ह्याट्रिकको मद्दतमा पुलिस क्लबले सोमबार ओरेडोलाई ४–० ले हराएको छ ।

प्रतियोगितामा पुलिसले खेलका तीनै खेलमा सावित्राले गोल गरेकी छिन् । फाडुवा जाहिरले १६ औं मिनेटमा पुलिसको लागि पहिलो गोल गरेकी थिइन् । सावित्राले १८ औं, ३२ औं र ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । ३ खेलमा सावित्राको गोल संख्या १२ पुगेको छ ।उम्कोलाई ३–० ले हराएको खेलमा १ गोल गरेकी सावित्राले यसअघि इकोनोमिक डेभल्पमेन्टलाई १७–० ले हराउँदा ८ गोल गरेकी थिइन् । अघिल्लो खेलमा अर्की नेपाली खेलाडी अनिता बस्नेतले पनि गोल गरेकी थिइन् । माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो ।

गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्