तीन सातादेखि बालिकाको शव अस्पतालमै घटना रहस्यमय बन्दै

तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको शव तीन सातादेखि अस्पतालमै रहेको छ । मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।उनीहरुले घटनाको उचित छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन ।अध्ययन र फरेनसिक विभागको पोस्टमार्ट रिपोर्ट, घटनाको प्रकृति आपसमा बाझिएको कारण बालिकाको आत्महत्या नभई अन्य कारण हुन सक्ने आशंकामा शव नबुझेको आफन्तले जनाएका छन्। गत फागनु २६ गते शनिबार सानिमा विकास बैंकका उच्च तहकका कर्मचारी बबिसिंह गर्तौलाको घरमा काम गर्न बसेकी सिन्धुपाल्चोक त्रिपुरा–३ की १४ वर्षीया बालिका रीता थामीको मृत्यु भएको थियो। ‘घटनाको अध्ययन गर्दा आत्महत्या भन्ने धेरै आधार देखिँदैन, उचित छानबिन नभएसम्म शव बुझ्दैनौं,’ बालिकाकी आफन्त दिदी हिरामाया थामीले भनिन्।

घरधनी गर्तौलाले प्रहरीलाई दिएको बयान र अस्पताललाई दिएको बयान फरक हुनु, झुन्डिएको घटना भने पनि प्रहरीलाई कुनै खबर नगरी शव अस्पताल पुग्नु, झुन्डिने प्रक्रियामा संलग्न कारण पत्यारलाग्दो नहुनु र फरेनसिक विभागको रिपोर्टले प्रशस्त आशंका जन्माएको पीडित परिवारको छ। ‘फरेनसिक विभागले झुन्डिएको भागमा डाम देखिएको र ‘अनडिटरमिन’ भनेको छ, कसरी झुन्डिएको मान्नुरु’ दिदी थामीले भनिन्।सुरुमा घटनाको छानबिन महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको थियो।समाचार नागरिक दैनिकमा छ।


प्रतिक्रिया दिनुहोस्