रोजगारीका लागि युएई पुगेका १० नेपाली श्रमिक अलपत्र

काठमाडौं २० पौष / १७ दिनअघि वैदेशिक रोजगारीका लागि युएई गएका १० जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरु रिलाइबल र जीसीडी म्यानपावर कप्पनीमार्फत गएका थिए ।

उदयपुरका मोहन घिमिरे ,रामनरेश चौधरी, सुनसरीका लिब्छ साफी, सादिक मियाँ, नवलपरासीका तेजबहादुर कुमाल, धनुषाका गोबर्धन न्यौपाने, र कैलालीका अनिल साहगायत दुबईमा अलपत्र परेपछि नेपाली श्रमिककहाँ बसेका छन् ।

कम्पनीले दिन दिनै अलगअलग ठाँउमा मजदुरी गर्न पठाउने गरेको तर खान र बस्न समेत नदिएपछि उनीहरु अन्य नेपाली कामदारको शरणमा बसिरहेका छन् । म्यानपावर कम्पनीसँग भएको सम्झौता अनुसार काम, पारिश्रमिक नदिएको , खान बस्नसमेत व्यस्था नदिएको उनीहरुको भनाइ छ ।

रिलाइबल र जीसीडी म्यानपावरले कम्पनीमार्फत प्रतिव्यक्ति एकलाख ३० हजारभन्दा बढी खर्च गरेर दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् र उनीहरुबाट म्यानपावर कम्पनीले एयरोलिंक कम्पनीको काम भन्दै एक लाख ३० हजार रुपैयाँ लिएको थियो । उनीहरुलाई सप्लाई गर्ने रोयल कम्पनीमा पठाएपछि घर फर्कने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

घर फर्कनका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दा समेत धम्क्याउने गरेको भन्दै पीडितले वैदेशिक रोजगार विभागको कल सेन्टरमा उजुरी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्