चेलीबेटी बेच्ने वडाध्यक्षयलाई तारेखमा छाडन सर्वोच्चको आदेश

 काठमाण्डौँ / जिल्ला अदालतको निर्णय उल्टाउँदै सर्वोच्च अदालतले मानव बेचबिखन अभियोगमा जेल परेका वडाअध्यक्ष सुन बहादुर तामाङलाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ ।

न्याधिस ओमप्रकाश र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तामाङलाई विहिबार सामान्य तारेखमा छाडन आदेश दिएको हो । तामाङ नुवाकोटको दुप्चेश्वर गाँउपालिका १ का वडा अध्यक्ष हुन । भारतको मुम्बइमा मात्रै सुनबहादुरका ४ वटा कोठी ( वेश्यालय ) रहेको र नेपालबाट विभिन्न प्रलोभनमा पारेर महिलाहरुलाई कोठीसम्म पुर्याउने गरेको तथ्य खुलेपछि उनलाई मुद्दा चलाईएको थियो । उनले कोठीमा नुवाकोटका मात्र दुइसय भन्दा बढि महिला पुर्याउने स्वयम ले वयान दिएका थिए । आजको नयाँ पत्रिकामा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्