फेसबुकबाट परेको प्रेम यसरी बन्धक र बलात्कारमा बदलियो

काठमाण्डौँ / दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भईन् । फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे थिए ।

तिवारीलाई कुरिर बसेकी युवतीको राति १० बजे चौरजहारी बसर्र्पामा तिवारीसाग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यहि राति उनीहरु भागेर सुर्खेत आईपुगे । १० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि भारतको जुजरात पुगेका थिए।

तिवारीले युवतीसँग चिनजान हुँदै आफु भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए । गुजरात पुग्दासम्म तिवारस्ँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन । जब युती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । जुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो । होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो, युवतीले भनिन्, चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।

युवतीका अनुसार दैनिक तीनदेखि छजनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्थ्यो । युवतीको चित्कार अरुले सुन्दैनन्थे ।, आजको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्