फेसबुकले जोडी पनि बाँध्ने, डेटिङ एप ल्याउने जुकरवर्गको घोषणा

फेसबुकका सिइओ मार्क जुकरवर्गले आफ्नो कम्पनीले चाँडै नै डेटिङ एप ल्याउने घोषणा गरेका छन्। उनको यो घोषणासँगै अन्य जोडी बाँध्ने सेवा प्रदान गरिरहेका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आएको छ।फेसबुकको यो सेवाले टिन्डरजस्ता लोकप्रिय सेवासँग प्रतिस्पर्धा गर्नेछ।

‘फेसबुकमा आफूलाई सिंगल बताउने २० करोड मानिस छन्,’ मंगलबार जुकरवर्गले भने, ‘र हामी अर्थपूर्ण सम्बन्ध निर्माणका लागि प्रतिबद्ध छौँ। त्यसैले सबैभन्दा अर्थपूर्ण कार्य सायद यही हुनसक्छ।’उनको यो घोषणासँगै टिन्डरको प्यारेन्ट कम्पनी म्याच ग्रुपको सेयरमा २२ प्रतिशत गिरावट आएको छ।

भर्खरै क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलको नामले परिचित तथ्यांक चुहावटसम्बन्धी विवादले घेरिएका जुकरवर्गले आफ्नो मुख्य प्राथमिकता प्रयोगकर्ताको तथ्यांक सुरक्षा गर्नु रहेको बताए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्