अनौठो तरिकाले गरिन् यी बेहुलीले बिहे, आफैं जन्ती लिएर पुगिन् बेहुलाको घर

सामान्यतया बेहुला जन्ती लिएर बेहुली लिन जान्छन् । तर, बेहुली नै जन्ती लिएर बेहुला लिन घर पुगिन् भने । हाम्रो समाजमा यस्तो गर्नुलाई उल्टो मानिन्छ तर भारतको पटनामा यस्तै विचित्रको विवाह भएको छ । यी बेहुलीले आफैंले नै फरक तरिकाले विवाह गर्न चाहेकी थिइन् । परम्परा परिवर्तन गर्ने चाहनामा युवतीले यस्तो गरेकी थिइन् ।

स्नेहा राय नामकी ती बेहुली मुम्बइमा एक बैंकमा शाखा प्रबन्धक छिन् । बेहुला अनिल कुमार भारतीय नेविमा लेफ्टिनेन्ट कमाण्डर कार्यरत छन् र उनी अहिले विशाखापट्टनममा तैनाथ छन् । यी दुवैले सँगसँगै पढेका हुन् । शुक्रबार भएको बिहेमा बेहुली बनेकी स्नेहा तयार भएपछि साथीहरुसँग रथमा सवार भएर बेहुला लिन निस्किन् । त्यसपछि जन्तीसहित उनी बिहे कार्यक्रममा गइन् । जन्तीमा अरु सबै बेहुलापक्षको जस्तै कार्यक्रम गरियो । उता अनिल स्नेहालाई पर्खिरहेका थिए । स्नेहा पुगेपछि अनिलले बेहुलीले जस्तै स्वागत गरे र त्यसपछि बिहे कार्यक्रम भयो ।


प्रतिक्रिया दिनुहोस्