संसदमा मन्त्री खोइ ?

काठमाडौं / संसदको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची मंगलबारै तय भएको थियो ।

बैठकको कार्यसूचीमा यही विषय मात्र राखियो तर गृहमन्त्री थापा भने बैठकमा थिएनन् । उक्त विधेयक कानुन मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरे ।यसअघि पनि थापाले पेस गर्नुपर्ने अध्यादेश तामाङले गरेका थिए ।, आजको कान्तिपुरमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्