एसियाली देशका पासपोर्टहरू विश्वको सबैभन्दा शक्तिशाली

(एजेन्सी) फागुन १८, २०७४

काठमाडौँ । भ्रमण जतिको उन्मुक्त कुरा संसारमा थोरै मात्र होलान्, तथापि केही पासपोर्टहरूले अन्यको तुलनामा बढी उन्मुक्ति दिने गर्छ ।

फेब्रुअरी २०१८ मा प्रकाशित एक नयाँ रिपोर्टले विभिन्न देशहरूको यो भ्रमण कागजातले कति देशहरू भ्रमण गर्न सकिन्छ देखाएको छ ।

यसका अनुसार संसारमा दुई देश रहेका छन्, जसका नागरिकले १८० राष्ट्रमा विनाभिसा भ्रमण गर्ने अवसर पाउँछन् । ती दुवै राष्ट्रहरू एसियामा रहेका छन् ।

हेन्ले पासपोर्ट सूचकाङ्कअनुसार जापान र सिङ्गापुरका पासपोर्टहरू हाल विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट हुन् । हेन्ले पासपोर्ट सूचकाङ्क विश्वव्यापी रूपमा नागरिकता र बसोवास बारे सल्लाह सुझाव दिने संस्था हेन्ले र पार्टनर्सले बनाएको हो ।

यी एसियाली मुलुकले जर्मनीलाई शीर्ष स्थानबाट विस्थापित गरेर आफूले सो स्थान लिएका हुन् । जर्मन पासपोर्टले १७९ राष्ट्रहरूमा विनाभिसा भ्रमण गर्न मिल्छ ।

फेब्रुअरीको सुरुमा उज्वेकिस्तानले यी दुई राष्ट्रलाई विनाभिसा प्रवेश सुविधा दिन थालेपछि यी दुई राष्ट्रले शीर्ष स्थान लिएका हुन् । यस्तै अघिल्लो वर्ष पाराग्वेले सिङ्गापुरका पासपोर्ट वाहकहरूलाई भिसा नचाहिने बनाएको थियो ।

यी एसियाली सम्पन्न राष्ट्रहरूको सो सूचकाङ्कमा स्थान वृद्धि अझ ढिलो भएको तर्क राख्छन् सिङ्गापुरस्थित नेसनल युनिभर्सिटीमा एसिया र भूमण्डलीकरण केन्द्रका वरिष्ठ विज्ञ पराग खन्ना । “यी दुई मुलुकले शान्तिपूर्ण व्यापारिक शक्तिका रूपमा परिचय बनाएका छन् । यसका नागरिकहरूका प्राथमिकताहरू व्यापारिक र लगानी क्रियाकलापमा हुने गर्छन् ।” खन्नाले एक वक्तव्यमा भने ।

सुधार गर्ने अन्य राष्ट्रहरू
दक्षिण कोरिया, युरोपेली राष्ट्रहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, इटाली, स्विडेन, स्पेनसँगै तेस्रो स्थानमा रहेको छ । यसका पासपोर्ट वाहकहरूले १७८ देशहरूको विनाभिसा भ्रमण गर्न पाउँछन् ।
मलेसियाले सो सूचीमा उलेख्य सुधार गरेको छ । यो देशको पासपोर्टले १६९ गन्तव्यहरूमा विनाअवरोध भ्रमण गर्न सकिन्छ । यो ११औँ स्थानमा रहेको छ ।

 

फाइल तस्विर

अमेरिका सो सूचीको पाचौँ स्थानमा रहेको छ । यो देशका पासपोर्टले १७६ गन्तव्यहरूमा स्वतन्त्र प्रवेश पाउँछ ।

रुसी महासङ्घको पासपोर्टले यो वर्ष तीन स्थानको सुधार गर्दै ४५औँ स्थान ओगटेको छ ।

संयुक्त अरब एमिरेट्सको पासपोर्ट भ्रमण स्वतन्त्रताको सन्दर्भमा यो दशकको सबैभन्दा सफल पासपोर्ट रह्यो । यसले पछिल्लो दश वर्षमा ३४ स्थान माथि चढेको छ । अघिल्लो वर्ष मात्र यसले ११ स्थानको सुधार गर्यो । यसले सन् २०१७ मा चीन र आयरल्यान्डजस्ता देशमा पनि विनाभिसा प्रवेश छुट पायो ।

युक्रेन ९४२औँ० र जर्जिया ९५४औँ० अघिल्लो एकै वर्षमा सबैभन्दा बढी सुधार गर्ने राष्ट्रहरू हुन् । तिनीहरू अघिल्लो वर्ष क्रमशः १६ र १४ स्थान माथि चढे । सन् २०१७ मा यी राष्ट्रहरूले युरोपेली सङ्घबाट भिसा छुट पाएका थिए ।

हेन्ले पासपोर्ट सूचकाङ्कमा उच्च स्थानमा रहेका मुलुकहरू
१।जापान, सिङ्गापुर: १८०
२।जर्मनी: १७९
३। डेनमार्क, फिनल्यान्ड, फ्रान्स, इटाली, स्विडेन, स्पेन, दक्षिण कोरिया स्: १७८
४। नर्वे, संयुक्त अधिराज्य, अस्ट्रिया, लक्जम्बर्ग, नेदरल्यान्ड्स, पोर्चुगल : १७७
५।स्विजरल्यान्ड, आयरल्यान्ड, संयुक्त राज्य, क्यानडा स: १७६
६। बेल्जियम, अस्ट्रेलिया, ग्रिस : १७४
७। न्युजिल्यान्ड, चेक रिपब्लिक, माल्टा : १७३
८। आइसल्यान्ड: १७२
९। हङ्गेरीः १७१
१०। लात्भियाः १७०

त्यसो भए सबैभन्दा कम चयालमान हुने पासपोर्ट कुन रह्यो ?
हेन्ले सूचकाङ्कको सूचीमा सबैभन्दा अन्तिममा अफगानिस्तान रहेको छ । सो पासपोर्टले २४ देशमा मात्र विनाभिसा भ्रमण गर्न पाउँछ । अफगानिस्तानलाई इराक ९२७०, सिरिया ९२८०, पाकिस्तान ९३०० र सोमालिया ९३२०ले पछ्याइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्