एक ओभरमा ७ छक्का हान्दै विश्वरेकर्ड !

एजेन्सी: क्रिकेटमा एक ओभरमा ६ छक्का प्रहार गरेका उदाहरण धेरै छन् । अन्तर्राष्ट्रिय खेलमा समेत भारतका युवराज सिंहले टी२० अन्तर्राष्ट्रिय र दक्षिण अफ्रिकाका हर्शल गिब्सले एकदिवसीय अन्तर्राष्ट्रियमा एक ओभरमा ६ छक्का प्रहार गरेका छन् । घरेलु क्रिकेटमा त १ ओभरमा ६ छक्का प्रहार गर्ने धेरै खेलाडी छन् ।

अहिले भने एक खेलाडीले १ ओभरमा ७ छक्का प्रहार गर्दै विश्वरेकर्ड राखेका छन् । श्रीलंकाको घरेलु अण्डर १५ प्रतियोगितामा यी खेलाडीले ओभरका ६ बलमा सबैमा छक्का प्रहार गरे । यो ओभरमा बलरले एक बल नो बल फाले । उनले त्यो बलमा समेत छक्का प्रहार गर्दै एक ओभरमा ७ छक्काको रेकर्ड बनाए । उनले एक ओभरमा अहिलेसम्मकै सबैभन्दा धेरै ४२ रन बनाएका छन् । यो ओभरमा कूल ४३ रन बने पछि नोबलको एक्स्ट्रा रन भने ब्याट्सम्यानको खातामा जाँदैन ।

नवेन्दु पहसारा नामका यी किशोर खेलाडी एक ओभरमा ७ छक्का हान्ने संसारकै एकमात्र खेलाडी बनेका छन् । नवेन्दुको यो दमदार इनिङसँगै उनको टिमले ३६ ओभरमा २८३ रन बनाएको थियो । नवेन्दुको खेल हेर्न श्रीलंकाका विश्वकिर्तिमानी बलर मुथैया मुरलीधरण पनि त्यहीँ थिए । नवेन्दुलाई मुरलीधरणले यो शानदार खेलको लागि सम्मानसमेत गरे ।


प्रतिक्रिया दिनुहोस्