घुससहित लेखापाल पक्राउ

काठमाडौँ, ४ चैत– रासस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आज पक्राउ गरेको छ ।

 

फाइल तस्बिर

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल चौधरीलाई उहाँकै डेराबाट पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्