पोखरामा पर्यटकको बसाइ लम्व्याउन पामे घडेरी पदमार्ग

विश्वका पदयात्रा क्षेत्रमा कहलिएको नाम हो अन्नपूर्ण पदयात्रा। तर, पछिल्लो समय पदयात्रालाई मोटरबाटोले घटाउँदै जादाँ नेपालमा आउने पर्यटकको पदयात्रा घट्दै गएको छ ।नेपाल आउने विदेशीलाई लामो तथा छोटो पदयात्रा मार्गका खोजीमा यती बेला ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा लागिपरेको छ । टानले पछिल्लो समयमा पर्यटकको बसाई लम्व्याउन फेवातालको सिरानमा पदमार्गको खोजी गरेको छ। पोखराको पामे, चापाकोट घडेरी, पलैँचे हुदैँ भुम्दीकोटसम्मको करिब ८ किलोटिर पदयात्रा मार्गलाई विकास गर्न अध्ययन गरेको छ।

 

यसले छोटो पदयात्रा गर्नेहरुका लागि उपयुक्त भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दिपक अधिकारीले बताए । अमेरिका, युरोप, बेलायत लगाएतका देशबाट नेपाल आउने ७० प्रतिशत पर्यटक पदयात्राका लागि जाने गरेको उनले बताए । उनले छोटो समयका लागि घुम्न आउने तर पदयात्रा गर्न चाहने पर्यटकलाई दुई दिन एक रातको यात्रा हुने उनले बताए। यो पदमार्गबाट फेवाताल, हिमशृंखला र पोखराको रमणिय दृश्य देख्न सकिन्छ ।

पामे, चापाकोट घडेरी, पलैँचे हुँदै भुम्दीकोटसम्म करिब ३ घण्टामा पुग्न सकिन्छ। नेपाली संस्कृति, ग्रामिण भेषभुषा र गाउँले घरहरुलाई पर्यटकले नजिकबाट हेर्न पाउनेछन्। यो पदमार्ग प्रचारप्रसारको अभावमा बिगतमा सञ्चालनमा आए पनि ओझेलमा परेको अधिकारीले बताए। यो मार्गमा जान लागि पोखराबाट पामेसम्म ८ किलोमिटर मोटरमा र ८ किलोमिटर पदयात्रामा जान सकिन्छ। डाडाँ काडाँ बन जंगल हुँदै होमस्टे र टेन्टमा रमाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस्