अरुण तेस्रोको भवनमा अज्ञात समुहद्वारा बम बिस्फोट

माघ २८,

–अज्ञात समुहले अरुण तेस्रो आयोजनको पावरहाउस स्थलमा निर्माणाधिन भवनमा शनिबार राति बम बिस्फोट गरेका छन् । अज्ञात समुहले संखुवासभाको चिचिला गाउँपालिका ३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा कुकर बम बिस्फोट गरेको प्रहरीले जनाएको छ । बम बिस्फोट पछि निर्माणाधिन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए । बमबिस्फोट गर्ने समुहको खेजि तीव्र पारिएको छ । बिस्फोटको जिम्मा कसैले लिएको छैन । दूईबर्ष अघि पनि उक्त स्थानमा नेकपा माओबादीको नेत्रबिक्रम चन्दका कार्यकर्ताले आगजनी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्