यूएईविरुद्ध नेपाल ४ विकटले विजयी, पारस र सोमपाल नायक

सीसी डिभिजन टू को तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । नामिबियाको विन्डहक स्थित मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३१ ओभरमा युएइको सबै विकेट झार्दै १ सय १४ रनमा रोकेको थियो ।जवाफि ब्याटिङमा उत्रेको नेपालका प्रारम्भिक ब्याट्सम्यान चल्न सकेनन । नेपाली क्रिकेटमा लामो समयदेखि देखिदै आएको ब्याट्सम्यान नचल्ने समस्या आजको खेलमा पनि देखियो । नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २ रन बनाएर आउट हुँदा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भए । अर्का ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा शरद भेषावकर पनि ३ रनमा आउट भएका थिए ।तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खडकाले बिष्फोटक ब्याटिङ गर्दै ४८ बलमा ५ छक्का र २ चौका हान्दै ५१ रन बनाएका थिए । एकातर्फबाट विकेट गइरहे पनि अर्को तर्फबाट विष्फोटक इनिङ खेल्दै अर्धशतक पूरा गरेका पारश खडकाले नेपालको जितको आधार तयार पारेका हुन । ५१ रन बनाएर आउट भएका पारस खडकापछि ब्याटिङमा आएका आरिफ शेखले १६ रन बनाएर आउट भए । नट आउट रहेका रोहित पौडेलले ‍‍१२ रन बनाउदा सोमपाल कामीले १० रन बनाए ।

यसअघि युएइलाइ १ सय १५ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले सबैभन्दा धेरै ४ विकेट झारे, सन्दीप लामिछानेले ३, पारस खडका २ र करण केसीले १ विकेट लिए ।

पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातांै ओभरमा युएइका गुलाम सवारलाई १६ रनमा आउट गर्दै व्यत्तिगत दोस्रो विकेट हात पारे । नवौ विकेट लिने क्रममा मोहम्मद नामिदलाई १० रनमा आउट गरेका सोमपालले १० औं विकेटका लागि अमिद राझालाई ८ रनमा आउट गराउदै उनले ४ विकेट लिए ।

आठौं ओभरमा नेपालका करण केसीले तेस्रो विकेट लिए । उनले युएइका गुलाम सवारलाई १६ रनमा आउट गरेका हुन् । चारौं,पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेको नाममा रह्यो । युएइका रमिज साहजलाई ४ रनमा आउट गरेका सन्दीपले मोहम्मद उस्मानलाई शून्य रनमा पेभेलिएनको बाटो देखाएका हुन् ।

३० रन बनाएर खेलिरहेका युएइका साहिमन अन्वारलाई सन्दीपले २२ औं ओभरमा आउट गरेका हुन् । सातौं र आठौं विकेट नेपालका कप्तान पारस खडकाले लिएका छन् । पारसले अद्नान मुफ्त्तीलाई १८ र मोहम्मद बोटालाई १५ रनमा आउट गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्