धरान बिजयपुर काण्डलाई लिएर लिङ्देनले आफ्नो कार्यकर्तालाई दिए आन्दोलित हुन निर्देशन ।

धरान – बिजयपुरको दरवार क्षेत्रमा हिजो देखि सरकारले डोजर लगाएको छ । सरकारले डोजर लगाएपछि कुमार लिङ्देन मिराक अध्यक्ष रहेको संघिय लिम्बुवान मन्चले सरकारको यस कदम को घोर भर्त्सना तथा ससक्त बिरोध गरेको छ ।

सघिय मन्च, सघिय लिम्बुवान मन्चको सम्पुर्ण नेता कार्यकर्ता र आम जन्समुदायहरुमा अध्यक्ष लिङ्देनले यस कार्यको बिरुद्धमा उत्रन अनुरोध समेत गरेको छ । लिङ्देनद्धारा जारि बिज्ञप्ति मा भनिएको छ – “लिम्बुवानको माङ्गेना र शिर र अस्तित्व माथिको यो आक्रमण तत्काल बन्द नगरिए अनिश्चितकालीन लिम्बुवान बन्द सम्मको बिरोध कार्यक्रम घोशणा गरेर मन्च मैदानमा उत्रने चेतावनी दिन चाहन्छौ । ’मन्चको सबै तहको समितिहरुले तुरुन्त आपतकालीन मिटिङ हरु राखेर आन्दोलनको तयारी गर्न समेत लिङ्देनले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्