पूर्व प्रधानमन्त्री कोइरालाको आठौं स्मृति दिवस मनाईंदै

काठमाडौँ,७ चैत । आज नेपाली राजनीतिक इतिहासका शिखर पुरुष स्व गिरिजा प्रसाद कोइरालाको आठौँ स्मृति  दिवस कांग्रेस र उसका भातृ संगठनहरुले विविध कार्यक्रम गरि  मनाइदै छ।

नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला देशमा पाँच पटक प्रधानमन्त्री भएका थिए ।
पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो ।

कोइरालाको निधनको आठ वर्षपछि मुलुक नयाँ संविधानमार्फत भएको निर्वाचनबाठ संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस्