प्रचण्डले भने–२२ अप्रिल सम्ममा पार्टी एकता हुन्छ

हेटौंडा, चैत ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  एमालेसँगको पार्टी एकता अन्तिम चरणमा रहेको बताएका छन् । २२ अप्रिल सम्ममा पार्टी एकता गरिने उनको भनाई छ ।

साथै उनले सरकारका सबै काम हेटौंडाबाटै भइरहेकाले अब राजधानी सार्न सम्भव नहुने बताए ।

हेटौंडामा पत्रकारहरुसँग प्रचण्डले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने बहस चलाउनुको औचित्य नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्