चैत ९ गते देखि तेस्रो मदन भण्डारी गोल्डकप फुटवल नकआउट प्रतियोगितामा हुने

बुटवल । उपत्यका बाहिरको सर्वाधिक राशी सहितको फुटवल प्रतियोगिता बुटवलमा हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा तेस्रो मदन भण्डारी गोल्डकप फुटवल नकआउट प्रतियोगितामा उपत्यका बाहिरको सर्वाधिक धनराशीको प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । चैत ९ गते देखि १९ गते सम्म हुने प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहनेछ । खेल र खेलाडिहरुको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडि ३ लाख रुपैया विमा समेत गरिएको छ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने मदन भण्डारी स्पोर्टस प्रदेश नं. ५ का अध्यक्ष नर बहादुर घर्तिले जानाकारी दिए ।

बुटवलको मानवज्ञान माविको खेल मैदानमा हुने प्रतियोगिताको चैत ९ गते राष्टपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद २ लाख प्राप्त गर्नेछन । त्यसैगरी सर्वोउत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैया प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडिले नगद २०-२० हजार प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक नन्दु काउछाले बताए ।

१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता हुनेछ ।


प्रतिक्रिया दिनुहोस्