एसियन कप २०१९ छनोट ? यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा को को परे टिममा ? हेर्नुहोस

काठमाडौं । एएफसी एसियन कप २०१९ छनोट अन्तर्गत यमनविरुद्धको खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ। आगामी चैत्र १३ गते यमनसँग खेल्नका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यातुको कोजीले २० सदस्यीय टोलीको घोषणा गरेका हुन्। टोलीमा सबै खेलाडी राष्ट्रिय टोलीबाट फुलबल खेलिसकेकैहरु छन्।

खेल कतारको दोहास्थित बिन हम्माम रंगशालामा हुनेछ। समूह ‘एफ’मा परेको नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको छ। यमन विरुद्धको खेल औपचारिक मात्रै ठहरिनेछ। सुरुवाती ५ मध्ये ३ खेल हारेको नेपालले २ खेल बराबरी गरेको छ। ५ मध्ये एउटा पनि खेल जित्न नसकेको नेपाल यमनसँगको भेटअघिनै बाहिएको हो। जसकारण यो खेल औपचारिक हुनेछ।

घोषणा गरिएको नयाँ टोली

गोल रक्षक

किरण चेमजोङ

विशेक कुथु

एलन न्यौपाने

रक्षक

विराज महर्जन

रजिन धिमाल

देवेन्द्र तामाङ

आदित्य चौधरी

अनन्त तामाङ

दिनेश राजवंशी

मध्यपंक्ति

विशाल राई

रोहित चन्द

हेमन गुरुङ

हेमन्त थापामर

सुजल श्रेष्ठ

सुनिल बल

अन्जन विष्ट

सुमन लामा

अग्रपंक्ति

विमल घर्तीमगर

नवयुग श्रेष्ठ

जर्जप्रिन्स कार्की

मुख्य प्रशिक्षक

ग्योतोकु कोजी

प्रशिक्षक

राजुकाजी शाक्य

गोल रक्षक प्रशिक्षक

उज्ज्वल मानन्धर


प्रतिक्रिया दिनुहोस्