मिनि एयर क्राफ्ट ( सानो जहाज ) निर्माण गरिरहेका सरोज चेपाङ संरक्षण समिति गठन

चितवन, ७ चैत । मिनि एयर क्राफ्ट ( सानो जहाज ) निर्माण गरिरहेका सरोज चेपाङ(प्रजा ) लाई आर्थिक सहयोग र संरक्षणका लागि राप्ती नगरपालिकाले एक समिति गठन गरेको छ । नगरपालिकाको बुधवार आयोजित दोश्रो चौमासिक समिक्षा गोष्ठीका अवसरमा सरोज प्रजा प्रतिभा संरक्षण समिति गठन गरिएको हो ।

राप्ती नगरपालिका २ का वडाध्यक्ष श्याम सुन्दर उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय संरक्षण समिति गठन गरिएको नगरपालिकाकी मेयर प्रभा वरालले जानकारी दिईन् । समितिको सदस्यहरुमा सिद्धीलाल स्यान्तान र राजु उप्रेती रहेका छन् । सिमान्तकृत समुदायका सरोज राप्ती २ गड्यौली निवासी हुन् । जहाज निर्माणका लागि प्राप्त हुने आर्थिक रकमलाई एकद्धार प्रणालीबाट संकलन गर्ने उदेश्यका साथ समिति गठन गरिएको मेयर वरालले वनाईन् । साथै जहाज निर्माणका लागि आवश्यक आर्थिक सहयोगका साथै थप ज्ञानका प्राविधिक शिक्षा समेत दिईने नगरपालिकाका उपमेयर इमानसिंह लामाले प्रतिवद्धता जनाए । समितीका संयोजक ,एक सदस्य र सरोज स्वयम रहने गरी वैंक खाता खोल्ने समेत निर्णय भएको छ । सो अवसरमा मेयर वराल,उपमेयर लामा,प्रमुख प्रसासकिय अधिकृत मिठाराम हुमागाई लगायत डाध्यक्षहरु,सदस्यहरुले टिका र खादा लगाएर सरोजलाई सम्मान गरेका थिए । सरोजले यही वसेर काम गर्ने भन्दै आवश्यक अभ्यासका लागि सहयोग गरिदिन नगरपालिका समक्ष आग्रह गरे । प्यारामोटर निर्माण गरेर सफल परिक्षण समेत गरिसकेका सरोजले सानो जहाज निर्माण गरिरहेका छन् तर आर्थिक अभावका कारण जहाजले पुर्णता पाउन सकेको छैन् । जहाजका लागि आवश्यक ठुला इन्जिन खरिदका लागि आर्थिक अभाव रहेको सरोजले वताए । अहिले सम्म सरोजले जहाजका लागि ५ लाख भन्दा वढि खर्च गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्