तेस्रो दिन पनि बिजयपुर तनाबग्रस्त: झडपमा परि १५ जना घाइते

धरान, चैत्र ७: अरुण पुर्ब नौ जिल्लाको अस्तित्वमा रहेको ऐतिहासिक बिजयपुर दरबार क्षेत्रमा आज तेश्रो दिन पनि खानेपानि टयाङकीको बिषयलाई लिएर शुरक्षाकर्मी र आन्दोलनकारी बिच झडप भएको छ । सुरक्षाकर्मिले लाठीचार्ज गर्दा १५ जना घाइते भएका छ्न।घाइते मध्ये नैनकुमार बिश्वकर्माको टाउकोमा चोट र हात भाचिएको जनाएको छ भने हलिम मिया र दिलुसालाई टाउकोमा चोट परेकोले बिपि क्याम्प मा उपचार भैरहेको जनाएको छ ।

संघर्ष समितिले डोजरमा ढुङ्गा प्रहार गर्नुका साथै आगो लगाउने प्रयास गरेका थिए । केहि महिना अघि देखि धरान नगरको लागि खानेपानि टयाङकी निर्माणको बिषय बिबादमा रहेको थियो । संघिय लिम्बुवान सम्बद्ध  मञ्च,  लगायत दर्जनौ संघ संगठनहरुले लिम्बुवानको ऐतिहासिक एंब पुरातात्वीक स्थल बिजयपुर दरबारको खलंगा क्षेत्रमा नभइ बैकल्पिक अन्यत्र ठाँउमा सो भौतिक संरचना निर्माण गर्नुपर्ने अडान राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्