विमल घर्तीमगर आज हिरो इण्डियन लिगका गोकुलमको सामना गर्दै

एजेन्सी: नेपाली राष्ट्रिय फुटवलका चर्चित स्ट्राइकर विमल घर्तीमगरको टोली मोहन बगानले आज हिरो इन्डियन लिग (आइ लिग) गोकुलमको सामना गर्दैछ । यसै महिना मोहन बगानमा आबद्ध भएका विमलको यो तेस्रो खेल हो । मोहन बगानको मैदानमा भारतीय समय अनुसार आज दिउँसो २ः१५ बजे खेल हुनेछ ।
सलोङ लाजोङसँगको खेलको इन्जुरी समयमा मैदान प्रवेश गर्दै डेब्यू गरेका विमल यसअघि चेन्नाई सिटीसँगको खेलमा पनि पहिलो रोजाइमा पर्न सकेका थिएनन् । चेन्नाईसँगको खेलमा उनी ३४ औं मिनेटमा मैदान प्रवेश गरेपनि खासै प्रभाव जनमाउन सकेनन् । विमलले पहिलो रोजाइमा पर्न अझै संघर्ष गर्नुपर्ने देखिएको छ । आई लिगमा हरेक टोलीले ६ विदेशी खेलाडिलाई टोलीमा राख्नु पर्ने हुन्छ । ती ६ खेलाडीमध्ये केवल ५ मात्र शुरुवाती ११ मा खेल्न पाउँछन् ।
विमल बाहेक मोहन बगानमा नाइजेरियाका इज किङ्सली, अष्ट्रेलियाका केमरुन वाटसन, जापानका युटा किनोवाकी, केमरुनका डिपान्डा डिका र लेबननका अक्रम मोघ्राबि छन् । यी पाँचै खेलाडि विमलको तुलनामा अन्तर्रा्ष्ट्रिय स्तरमा प्रमाणित र अनुभवी खेलाडी हुन् । १३ खेलमा मोहन बगानको २१ अंक छ र टोली चौथो स्थानमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको टोली मिर्नेभा २९ अंकसहित शीर्षस्थानमा छ भने नेरोका ९२८० दोस्रो र इस्ट बंगाल ९२३० तेस्रो स्थानमा छ । १० टोलीको सहभागिता रहेको आइ लिगमा १२ खेलमा गुकुलम १० अंकसहित अंक तालिकाको पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्