मन्त्रीहरुलाई पर्यटन क्षेत्रको समस्याबारे टानद्धारा ध्यानाकर्षण

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल टानले पर्यटन क्षेत्रको समस्या समाधानका लागि मन्त्रीहरुको ध्यानाकर्षण गराएको छ ।नवनियुक्त अर्थमन्त्री युवराज खतिवडा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै टान पदाधिकारीहरुले पर्यटन क्षेत्रका समस्याहरु राखेका थिए ।

पर्यटन क्षेत्रमा पदयात्रा व्यवसायीले भोग्नु परेका समस्याहरु ट्याक्स, भ्याट, नियन्त्रित क्षेत्रको महङ्गो शुल्क, नियन्त्रित क्षेत्रमा एकल पयर्टक जान पाउनुपर्ने लगायतका समस्याहरुप्रति टान पदाधिकारीले मन्त्रीद्वयको ध्यानाकर्षण गराएको हो । टान पदाधिकारीले उठाएको समस्यालाई आफुहरुले गम्भिर रुपमा लिएको मन्त्रीद्वय युवराज खतिवडा र रबिन्द्र अधिकारीले बताउनुभयो । अर्थमन्त्री खतिवडाले सरकारले ग्रामीण भेगको पान नम्बरको विषयमा छानविन गर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले पर्यटकको सुरक्षा आफुहरुको जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकको सुरक्षा हाम्रो जिम्मेवारी हो, पदयात्रामा जाने पर्यटकले सुरक्षाका लागि एकजना गाईड या भरिया लिएर जान आवश्यक रहेको छ । पर्यटन क्षेत्रको समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराउन बुधबार टानका अध्यक्ष नवराज दाहाल लगायत सम्पूर्ण पदाधिकारी मन्त्रीको कार्यकक्षमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्