रोनाल्डोको नाटकिय खेलपछि इजिप्ट हार्यो

काठमाडौं । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा कप्तान क्रिष्टियानो रोनाल्डोले नाटकीय २ गोल गरेपछि पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ । ९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२ औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए ।त्यसको २ मिनेटमै रोनाल्डोले अर्को गोल थपेपछि पोर्चुगल २–१ ले विजयी भएको हो । ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले १ शून्यको अग्रता लिएको थियो ।

 

यो सँगै रोनाल्डोले ४० खेलमा गरेको गोलसंख्या ४३ पुगेको छ । तर इन्जुरी टाइमको दोस्रो मिनेटमा रोनाल्डोले बराबरी गोल गरे भने दुई मिनेटपछि अर्को गोल गर्दै टिमलाई जिताए ।


प्रतिक्रिया दिनुहोस्